अवेरनेस ईज लाईफ

भर्खरै सन्दीप महेश्वरीको यौटा भिडीयो हेरीसकेको छु । जीवनका यतिका वसन्तहरु पार गर्दा पनि अझै जीवनको अर्थलाई बुझ्न सकेको छैन । बुझ्नलाई खोज्छु, अहँ पटक्कै सक्दीन । मान्छेहरु भन्छन् जीवन बुझ्नलाई हैन, भोग्नलाई हो ।

आखिर मैले भोगेको जीवन के हो त ? के जीवन यौटा माशुको डल्लो मात्रै हो ? प्रश्नका भारि तेर्सिन्छन् । अनि नाजवाफ हुन्छ यो सानो दिमाग । कैले सन्दीप महेश्वरी, कैले ओशो रजनीस, कैले सुकरात अनी कैले कृष्णको गीता । अहँ, अरुले भनेका कुराहरु सुन्नमा जति आनन्दपूर्ण हुन्छ त्यसलाई जीवनमा लागु गर्न त्यति नै कष्टप्रद ।

सोच्दछु अरुले भनेका कुरा मैले मेरो जीवनमा लागु  गर्नतिर लागेँ भने त्यो त मेरो जीवन भोगाई नै भएन नी  । अनि फेरी म आफ्नै सिद्धान्त बनाउँदछु, पाईथागोरसले गणीतको सुत्र बनाएजस्तो, एडम स्मीथ ले अर्थशास्त्रको नीयम बनाएजस्तो, अनी आईन्सटाईनले वैज्ञानीक सिद्धान्त प्रतिपादन गरेजस्तो ।

फेरी लाग्छ सिद्धान्त मा जीउनु भनेको त रोवटको जीन्दगी भैगो नी । यौटा रोर्वट पनि त निश्चीत सिद्धान्तमा जीइरहेको हुन्छ । सिद्धान्तमा जीवन जीउन थाल्यो भनेत सिमिततामा पसिगैयो नी ।

अनि यो सिद्धान्तमा जीउने कुरा पनि दिमाग बाटै च्यात्चुत बनाएर फ्याँकीदिएँ ।

दिमागको अर्को कुनाबाट अचानक यौटा  वाक्य आउँदछ । “तेरा बुबा, आमा, हजुरबा, हजुरआमा, पुस्तौँ पुस्ता यसरी नै गुज्रीरहेका छन् । भाई, जीवनको कुनै अर्थ सर्थ छैन । बस् खा, बाँच, बिहे गर,  छोरा छोरी जन्मा, हुर्का । सक्छस् भने कुनै राम्रो काम गर । खेल खत्तम”

मेरै दिमाग पनि दुई भागमा विभाजीत भएको छ । यौटा भाग भन्छ । “डन्ट वरी उमेश । बस् जीवन जीउनलाई हो । रमाईलो गर । कुनै काम गर् । पैसा कमा, यूनिभर्सिटीको डिग्री लिएर बस् । बिवाह गर्, सन्तान् उत्पादन गर । अनी तेरा पुस्तौँ देखी चलिआएजस्तै तँ पनि बुढो हुन्छस् र मर्छस् । बस् जीवन यतीका लागी हो यार ।”

फेरी त्यहि मस्तिष्ककै अर्को पाटो बोल्छ  । “जीवन के का लागी हो ? आँफैँ पत्ता लगा । तेरो यो धर्तिमा आउने कुनै कारण छ । तँ फोगटको जीवन हैनस् । तँ सँग हजारौँ सम्भावनाहरु जोडीएका छन् । तँ यौटा सम्राट होस्, सम्राटझैँ भएर बस् । गुलाम नहो । तँ आफ्नै गुलाम नहो । तँ स्वतन्त्र छस् । तेरो प्रकृति नै स्वतन्त्रता हो । तँ उड्, आकाशमा पंक्षी जस्तै । जीवनलाई यौटा उत्सव बना । फेरी फेरी पाउँदैनस् तैँले यो जीवन । तेरा पुर्खाहरु सकिएजस्तै तँ पनि सकिनु पर्छ एकदिन । तर यो जीवन तेरो हो । पूर्ण रुपमा तेरो । होसमा जीवन जीउन सिक । अरु कुरा  भनेको सेकेन्डरी कुरा हो भाई । पैला होसमा त जीवन जीउन सिक । वर्तमानमा बाँच्न सक्ने व्यक्तिले नै जीवन जीउन सक्छ । जे काम गर्छस् होस् मा गर । पूर्ण होसमा । एक सेकेन्ड पनि बेहोसी भएर जीवन समाप्त नगर । किनभने फेरी फेरी तँ चाहेर पनि जीउन सक्दैनस् । एक पटक तेरो जीउने पालो आएको छ । पुर्ण उत्सव बनाईदे जीवनलाई ता कि अरु पनि तेरो जीवनको उत्सव देखेर झुमुन्, नाचुन् । ”

दिमाग बाट आएका यी बेग्ला बेग्लै सन्देशहरुले मलाई द्वन्द्वमा पार्छन् । आफ्नै दिमागबाट निस्कने यी म्यासेजहरुले  सोचमग्न बनाउँदछन् ।

यौटा म्यासेजले जस्तो छ चल्न दे । केही पनि तैले खोजेर सक्दैनस् । बस् दुःख सुख पैसा कमा, डीग्रीका सर्टिफीकेट कमा अनी बस् भन्दैछन् । अर्थात् जीवन स्ट्याटीक वेवसाईट जस्तो हो । कुनै कुरा पनि तैले परिवर्तन गरिरहनु पर्दैन । केही सोच्नुपनी पर्दैन । बस सब थोक चलीरहन दिनुपर्दछ  भनिरहेको छ ।

अर्को म्यासेज  जीवनलाई रंगीन बनाउनमा जोड दिन्छ । जीवनलाई उत्सव बनाउनमा जोड दिन्छ । अरुलाई हैन आफैँलाई परिवर्तन गर्नमा जोड दिन्छ । वर्तमानमा जिउन जोड दिन्छ । हरेक पल होसमा जीउने सल्लाह दिन्छ ।

मैले विस्तारै विचार गर्दैँ गएँ । शान्त भएर विचार गरेँ । मानौ म यौटा सानो तिनो तपस्यामा छु । मानौँ म कुनै ऋषी जस्तो जंगलमा गएर नबसे पनि कुनै कुरामा ध्यान मग्न भईरहेको छु । पैला पैला लाग्थ्यो लामा लामा दाही पालेर, गेरु वस्त्र धारण गरेर, जंगलमा गएर तपस्या, साधना गर्ने मानिस ऋषी हुन् । तर अँहँ म गलत रहेछु । लाग्यो जीवनको बारेमा म यतिका विधी प्रश्न खडा गरिरहेको छु । के म पनि कुनै ऋषी भन्दा कम छु र ? कुनै तपस्वी भन्दा म कम हुँला र ?

विस्तारै पता चल्दै गईरहेको थियो । दिमागले उब्जाउने यीनै विचारहरुबाट कुनै अनुभव भयो भने त रैछ नी समाधी प्राप्त हुने भनेको । हुनत मलाई कुनै बुद्ध बन्नु छैन र कुनै कृष्ण बन्ने पनि रहर हैन । तर के जीवनमा जीउनुको तथ्य जान्नु जरुरी हुँदैन  ?

मेरो दिमागबाट निस्केको दोस्रो सन्देश मलाई ठिक लाग्यो । आजै बाट पालना गर्न थाल्छु । तर अहँ । अनुभव विना कसरी पालना गर्नु । आगोले पो पोल्छ भन्ने थाहा छ र मानिस आगोमा हात हाल्दैन त । यदि आगोले पोल्छ भन्ने थाहै छैन भने आगोमा जसले पनि हात हालीलाल्छ नी ।  अनी मैले अनुभव भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने निश्कर्ष निकालेँ । जे सुकै होस् । चाहे सहि, चाहे गलत होसमा काम गर्नु र वर्तमानमा जीउनु नै अहिलेका प्रमुख मुद्दा हुन् जस्तो लाग्यो ।

अनी भन्दीएँ मैले पनि  । जीवन वर्तमानमा हुनु हो । हरेक पल होसमा हुनु हो । अवेरनेस ईज लाईफ ।

हो यी कुराहरु मैले बुझेँ तर अनुभव गरेको छैन । हेरौँ जीवनले कहीले यी कुराहरुको अनुभव दिलाउँछ ।  यौटा अवेयर  लाईफ । यौटा पूर्ण वर्तमानकालीन जीवन ।

धेरै बेरपछि बल्ल थाहा भयो ल्याप्टपको चार्ज सकिन लागेछ । म अलि बढि दार्शनीक पो भएकीँ । म बगेँछु । खोलामा यौटा आरुको पात बगेझैँ ।  अनि पो सम्झेँ मेरो भोक । पेटमा मुसा कुद्न थालेछ । जति नै गफ हानेपनि खाना खानै पर्ने भयो । अनी  जुरुक्क उठेर यो जीवन आफ्नै भान्सेको भूमिका निर्वाह गर्न तर्फ लाग्यो ।

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com