म उ र भ्यालेन्टाइन डे

धेरै समय भएको थियो उ सँग भेट नभएको, भ्यालेन्टाईन डे पनि नजीकिरहेको थियो । म रुममा अफिसबाट आएर पल्टिएको थिएँ । दिनभरको अफिसको कामले थकाई लागीरहेको थियो, दिनभर कम्प्युटरको स्किृन अगाढी बसेर लजिक लगाउँदा लगाउँदा दिमाग नै भारी भएको भान हुन्थ्यो ।
अचानक मोबाईलको रिङ्ग बज्यो । ट्वार्र ट्वार्र । मोबाईलमा पनि डिफल्ट जे रिङ्गटोन थियो किनेको बेला, अहिले सम्म पनि त्यहि नै छ । आफ्नो रिङ्गटोन चेन्ज गर्ने पनि बानी छैन ।
उसकै फोन रैछ । आयू त लामै रैछ नि तिम्रो, मैले हाँस्दै भने । “किन नी ? मलाई नै सम्झीरा हो र ? ”
“हो नी । सम्झीनु पर्ने नै तिमी त छ्यौ । ” मैले पनि भन्दीएँ ।
यता भ्यालेन्टाईन डे पनि नजिकै आउनु र उसको फोन पनि ठिक्क बज्नु, उसले भोली भेटौँन भन्न फोन गरेकी रैछ ।
म पनि मख्ख पर्दै, फोन राखिदिएँ । भोलीको प्रतिक्षामा ।
कहिलेकाही रात पनि बिजुली चम्केसरी बितिदिन्छ भन्या । मलाई त्यस्तै भयो । त्यो रात । कतिबेला राती भयो कति बेला उज्यालो पत्तै पाईन ।
ल्या, उ सँग त भेट्ने , तर अफीस । म पनि मुर्ख नंबर वान नै हो । अफीस डे मा पनि भेट्ने भन्दिएछु । अब पर्यो फसाद । अफीस जौँ भन्दा उ रिसाउली भन्ने पिर, अफीस न जौँ न त भन्दा प्रोजेक्टको डेडलाईन सुत्केरी हुन लागेकी नारीलाई डक्टरले दिएको डेट भन्दा कम कडा छैन, टाईम मा सकेन भने कति पैसो हो काटेर खै का हो का पुर्याउँदछ ।
यसो सोचेँ । यौटी भकी प्रेमीका लाई रिसाउन लाउनुभन्दा अफीस नै लिभ लिनुपर्यो भनेर । हतार हतार प्रोजेक्ट मेनेजरलाई फोन गरेँ । के भयो । ईमरजेन्सी फोन गर्नुभयो त? प्रोजेक्टको डेडलाईन भोली छ, अब लास्ट आवरमा आएर प्रोजेक्ट सकिएन भनेत कम्पनिको बद्नाम हुन्छ । के अपर्झट परेको हो ? ”

के भन्ने के नभन्ने । हुन पनि हो प्रोजेक्ट ले नै त हो नी कम्पनी चल्ने । ति माथी ति खैरे हरुको आउटसोर्स काम गर्नुपर्ने । आज भन्यो आजै सक्नुपर्छ काम पनि । अफीसमा कैले नेट प्रोब्लम त कैले के प्रोब्लम । लास्टमा आएर डेभलपरको टाउको मा बझारीन्छ सबै कुरा । अनी लौ आज होल नाईट कोड गरौँ है भन्यो रातारात काम सकायो ।
सबै सम्झीएँ । बेकार भेट्छु भने उसलाई जस्तो पनि लाग्यो । फेरी हतार हतार भने “हैन सर, आज गर्लफ्रेन्डको बर्थडे हो, त्यही भएर उता जान लाग्या । हिजो सम्म मैले नै बिर्सिराख्या त्यहि भएर अचानक फोन गनुप्यो ।”
धन्न । प्रोजेक्ट म्यानेजरको पनि बिहे नगरेको पर्यो र बुझ्यो कुरा ।
“ठिक छ उमेश जी । म त खासै केही भन्दीन । प्रोजेक्ट चै बेलुका टाईम मिलाएर त्यो एउटा फन्सनल ईस्यु चैँ हेर्नुस् है नत्र भोली सकिदैन । अनी, भोली बोस ले किन नआको भन्दा चै, बिरामी भएँ भन्नुहोला नी ।”
हुन्छ भन्दै फोन राखेँ । धन्न प्रोजेक्ट म्यानेजर अलि मिल्ने हुदाँ यसो टायम निकाल्न सकिन्छ । नत्र त, बाह्र बज्थ्यो होला ।
हतार हतार उसलाई फोन गरेँ । उ अघि नै, कलेज गेटमा पुगीसकेकी रैछ ।
यौटा क्याफेमा भेटौँ न त भने ।
“ल ल , छिटो आउनु । जहिलै पनि मलाई नै कुराउन जान्या छ । कस्तो मान्छे होला ।” फन्किदैँ फोन राखी ।
मन मनै लाग्यो कस्ती केटी होली नाक को टुप्पो मा रिस बोकेर हिड्छे । रिसाउन पनि आगै, खुसी हुँदा पनि चन्द्रमै छे । कति खेर ताप दिन्छे कतिखेर शितलता पत्तै नहुने ।

क्याफेमा पुग्दा । उ अगाडी नै आईओरी कफीको अर्डर गरिसकेकी रैछ । मलाई ब्ल्याक कफी मन नपर्ने आज रिसले दुवैजनालाई ब्लायक कफी नै अर्डर गरिछ ।
अब उसलाई म ढिलो हुनुको कारण सुनाउन थालौँ भने तपाईको जहिल्यै त्यहि त कुरा हुन्छ नि, कैले प्रोजेक्ट, कैले अफीस कैले के । बरु म पनि तपाईको प्रोजेक्ट भैदिएकी भए त सँधै भेट हुन्थ्यो होला नी ।
उसको रेडीमेड जवाफ मेरो कानमा बजिहाल्यो ।
त्यो रेडीमेड जवाफ सुन्नु भन्दा चुप लागेर उसको अगाडी बसेँ ।
एकछिन फुलीएको अनुहार बनाएर फेरी मुस्कुराउँदै उसले भनी । लौ आजलाई तपाईलाई माफ भो । ढिलो आएपनि ।
“किन नी माफ चैँ । ” मैले अलि आश्चार्य मिश्रीत ढंगबाट सोधेँ ।
मनै नपर्नै कफी भए पनि सुरुप्प पारेँ । मलाई ब्ल्याक कफी भने पछि बमिट हुन खोज्नेकुरा उसलाई पनि थाहा थ्यो तर पनि उसले ब्ल्याक नै अर्डर गरी, रिस जो उसलाई उठेको थियो ।
उसको रिस देखेर मलाई पनि अचम्म लाग्छ । कति छिटो रिसाउँछे अनि कति छिटो खुसी हुन्छे पत्तै नहुने । निमेसमै खुसी, निमेसभर मै रिसाउने ।
एकैछिनमा हाँस्दै भनी । “तपाई, म किन रिसाएँ भनेर सोचीरा होला हैन ? ”
ल कसरी यसले थाहा पाई । अचम्म लाग्यो । सबै कुरा थाहा पाउँछे । उसले मेरो अनी म पनि उसको, आमाले बच्चाको हृदय बुझेजस्तो गरी ।
“हो त । कति छिटो रिसाउनु त अनी । ” मैले पनि मुख बटारेर भने ।
एक छिन सन्नाटा छायो । उसले कफीको घुट्की घुटुक्क पारि । एकटक उसको आँखामा हेरिरहेँ ।
फेरी मौनता तोड्दै उसले भनि “जीवन भनेकै स—साना कुराहरुको जोड हो नी, महाशय । साना कुरा हरुले नै त जीवनको परिभाषा पूर्ण पार्छ । त्यहि भएर मलाई स—साना कुरा महत्वपूर्ण लाग्छन् । अनी म रिसाउँदा पनि साना कुरामै रिसाउँदछु र खुसी हुन पनि सानै कुरा भए मलाई काफी छ । ”
उसका यो उत्तर कुनै दार्शनीक भन्दा कम का थिएन । तर फरक यति मात्र थियो । कि उसको यो व्यवहारीक दर्शन थियो । सबै उसले लागु गरेको उसको व्यक्तिगत दर्शन ।
उ पनि कुनै दार्शनिक भन्दा कम लाग्दैन थ्यो मलाई पनि । ती माथी म ओशो, सुकरात र अनेकौँ प्रवचन हरु सुन्ने बानी परेको मान्छे । उसका कुराहरुपनि अचम्म लाग्दा नै हुने गर्छन् हरेक भेटमा । तर जे भएपनि उ सँगको भेट जहिल्यै पनि केही न केही अनौठो हुने गर्दछ । बषौँ देखि यसरी नै चलिआएको छ । हरेक भेट अनौठो र नौलो ।
“कफी मिठो लागेन हो ? ” मेरो आँखामा हेर्दै उसले भनि ।
“हैन । निकै मिठो छ । खानै नसकिने गरीको मिठो । ” मैले कर्के नजरले उसका गाजलु आँखा हेर्दे भने ।
आज गाजल बढि लगाईछ । मनमनै सोच्दै पनि गएँ ।
“हा हा हा हा हा । ” उ जोड सँग हाँसी । तर उसको हाँसो सोले फिल्मको गब्बर सिंहको जस्तो थिएन । मिठो थियो । लाग्थ्यो कतै धुन बज्दैछ । मधुर बाँसुरीको धुन जस्तै ।
“के भयो, मिस ? किन यतिका बिधी हाँस्या नी? बिल्ला हान्या हो ?” मैले पनि प्वाक्क भने ।
“लौ, के को बिल्ला नि ? अब हाँस उठ्ने कुरा गरेको आफैँले हैन र ? ब्ल्याक कफी तपाईलाई मनपर्न थाल्नु र म तपाईलाई मन नपर्न थाल्नु दुवै अचम्म लाग्दा र हाँसउठ्दा कुरा हैनन् त ?” आँखीभौँ माथी माथी उठाउँदै भनि ।
“हो है त्यो पनि । ” मुसुक्क हाँस्दीएँ । दाँतै नदेखाई ।
उ पनि मुस्कुराई । हुन त नारीको सुन्दरता लज्जा मा हुन्छ भन्छन् मान्छेहरु तर जब उ मसँग खुलेर कुरा गर्छे र मुस्कुराउँछे , त्यतिबेला जतिको सुन्दर म उसलाई कहिल्यै पनि देख्दीन । खासै राम्री छैन तर पनि राम्री छ । खासै फीगर राम्रो पनि छैन उसको तर पनि जिरो फीगर भन्दा कम कि छैन । केही पनि कुरामा उ खास छैन । तर पनि खास छे । अचम्म छ । उ केहि पनि हैन तर पनि सबथोक हो । उ सामान्य छे तर पनि विशिष्ट छे । उसको सामान्यता नै उसको विशिष्टता हो ।

उसलाई म सँग भेटेको बेला गफ गर्ने रहर हुँदो हो तर आफुलाई गफ गर्ने भने पटक्कै नआउने । गफ गर्नलाई कि त सुविन भट्टराईको साय को हरफ हरु रटेर जानुपर्ने कि त कुनै मुभीको डायलग कण्ठ पार्नु पर्ने । नत्र गफीननै नआउने उ सँग । उ भने मैले बोल्ने बित्तिकै यहाँको डायलग हो भनेर च्याप्पै पक्डीहाल्छे जहिल्यै । आजकाल उ सँग बोल्नु भन्दा पनि उसका कुरा सुन्दै, उसलाई हेरेरै मेरो भेटका दिन जान्छ । उ बोलेर व्यक्त गर्छे । म नबोलेरै ब्यक्त गर्छु । उ मौन बुझ्छे । म भाषा बुझ्छु भनेर होला उसलाई बढि बोल्नमै मज्जा लाग्छ । कस्तो अचम्म उ मेरो मौनको भाषा पनि बुझीदिन्छे ।

“कति कफी खानु हौ? जौँ आज मेरो कोठा तिर । खाजा साजा खाऔँ । ” उसले मेरा आखाको नानीमा ध्यान केन्द्रित गरेर भनि ।
“जानु र भन्या ? ” मैले नजाने हो की जस्तो गरेर प्रश्न गरेँ ।
हुन त मलाई भित्र भित्रै उसको कोठामा जान मन थियो । तर पनि कर गरोस्न उसले भनेर भन्दिएँ ।
कर गर्लि कि नगर्लि भनेर सोच्न थालेँ ।
“ह्या , कस्तो नाटक के । खुरुक्क जौँ न । कस्तो तपाई पनि के भाउ खोज्नुपर्ने हो र?” प्वाक्क भनि ।
उसको वाक्य वाक्य मा नाटक भन्ने शब्द झुण्डीरहन्थ्यो । उसले प्रेमका कुरा गरि भने आफु चुप लागेर सुनिदिनु पर्ने अनि आफुले गर्न थाल्यो भने नाटक भन्दिने । अचम्म लाग्थ्यो ।

उसले नाटक भन्दा भन्दा कहिले काहीँ त झनक्क रिस उठ्थ्यो । अनि म पनि के कम प्वाक्क भन्दिथेँ । “के नाटक नाटक भनिरा नी । यो हाम्रो जीन्दगी पनि त नाटक हो । तिमी प्रेमीकाको अभिनय गर्दै छौ म प्रेमीको । ”
“अँ त्यो त हो है ? । तर अभिनय गदैछौँ भन्दा कस्तो नराम्रो लाग्ने के ? वास्तविकता लाई अभिनय भन्दिने तपाई ? ” उसले मुख निन्याउरो पार्थिँ ।
“बुद्धु, जीवन नै नाटक भएपछि सबै कुरा नाटक भएनन् त ? तिम्रो प्रेमलाई नाटक भन्या हैन के । ” सम्झाउने शैलीमा म भन्थेँ ।
“अँ, हो त है । ” उ मुसुक्क हाँस्थी ।

खासमा भन्नुपर्दा उसको मुखमा झुण्डीने शब्द थ्यो त्यो नाटक भन्ने । शब्द सँग लगाव हो कि के हो म त्यो कुरा चैँ हत्तपत्त बुझ्दीन थेँ ।

एकैछिन हिडेपछि उसको कोठा आईपुगीयो ।

“पानि खाउँन । ” मैले तिर्खा लागेको जस्तो गरेर भने । खासमा तिर्खा भन्दा के बोल्नु के बोल्नु भएर पानि मागेँछु ।
हाँस उठ्यो मनमनै । आफैँ देखी ।
“धत् । यस्तो जाडोमा के को पानि खाने नी । म चाउचाउको सुप बनाउछु अनी खाँऔँला । हुन्न र ? ”
तिर्खा लाग्या भा पो हुन्न भन्नु मैले । “हुन्छ । ” मैले मुन्टोहल्लाएँ ।
“एँ , अँ यौटा कुरा । म मिन्सुरेसन पिरेड मा छु । चाउचाउ साउचाउ बनाको नखाने बानी त छैन नी । ” उसले कहिल्यै थाहा नभएजस्तो गरेर भनि ।
“ल, जे पायो त्यै के । कैले मैले के भन्या थ्यो र ? ” आश्चार्य हुँदै भने ।
“हैन । आज रुमको छेउको दिदी र म पानी लिन ढुङ्गेधारा गका त । मिन्सुरेसन भको ले नछोउन रे क्या । अनि तपाईलाई पनि भनेकी । हल्का रिस बाँकी थ्यो नी त, त्यै भएर तपाईमा पोखियो है । ”
अनि के भन्यौ त त्यो दिदी लाई?
“के भन्नु र, साफ थर्काईदिएँ नि । भात मा चैँ झीँगा भन्केको खानु अनि मिन्सुरेसन भएकीले छोएको पानि पनि नखानु है दिदी ।” म पनि के कम प्वाक्कै भन्दिएँ । ”
“सहि भनीछौँ । जे भन्यौँ ठिक भन्यौँ । समाज परिवर्तन भएर कहाँ पुगीसक्यो मान्छे अझै रजस्वलाको हुँदा छोएको नखाने भनेर अड्कीन्छन् बा । ”
“त्यहि त है । कस्ता कस्ता मान्छे हुन्छन् के ?”
“देउन, प्याज म काट्छु । ” मैले भने ।
“ह्या । होस् मै काट्छु । भरे प्याज काट्ने निउले हात काट्नुभो भने । ” शंकालु नजर ले म तिर हेर्दै भनी ।
“हा हा हा । म्याडम । रुममा दिनमा दूईछाक खाना बनाउदा खै हात काट्या छैन । अब तिम्रै रुममा आर काट्यो भने त के जानौँ र ?”
“ल ल । काट्नु ।” मुस्काउँदै भनी ।
एकछिनमा चाउचाउ दुईवटा बटुकामा खन्याई उसैले । “लौ है नजान्नेले पकाएको कस्तो भयो मिठो मानेर खानु । ” म तिर फर्केर भनी ।
“खाईसकेर भन्छु है । हा हा हा” म हाँस्दै भने ।
दुवैजना चाउचाउ खान थाल्यौँ । मिठो थियो । सायद मसला भन्दा ज्यादा उसको प्रेमले गर्दा होला ।
“कस्तो भएछ ।” उसले भनी ।
“व्यापक मिठो । यौटा मसलाले धेरै मिठो बनायो । ” हाँस्दै भने ।
“ल , के रैछ । ए मैले त्यो चाउचाउमै हाल्ने मसला ल्याकि थेँ त्यै भर होला । ” नबुझे जस्तो पाराले भनी
“हैन । किन्न पाईने मसला हैन । तिम्रो प्रेम मिसीएर व्यापक मिठो भयो । ” मैले भन्दिए ।
“हा हा हा । नाटक । ” खुब मज्जाले हाँसी ।
“प्रेमको मसला रे । हा हा हा ” । फेरी सेता दाँत प्रश्ट देखाउँदै हासीरही ।

म हेरीरहेँ । यौटा वच्चाले नौलो ठाउँमा उत्सुकतावस हेरेझैँ गरी । उसको त्यो मिठो हाँसोलाई ।
चाउचाउ खाईसकेपछि । मैले झट्ट सम्झेँ । लौ काम गर्नुपो पर्नेथ्यो त ।
“ल म जान्छु ल अब । हल्का काम छ क्या । ” जान मन नहुँदा नहुँदै पनि जान्छु भन्दिएँ ।
“ल, गैहाल्ने । ? ” उसले पनि एकछिन भए पनि नगए हुन्थ्यो जस्ते गरेर भनि ।
“हैन जाने क्या । यहिँ ३ बजीसकेछ । अलिकति काम गर्नुछ, त्यहि भएर हो ।”
“ल ल । राम्ररी जानु । आज प्रपोज डे पो हो त ।” मुसुक्क मुस्काउँदै उसले भनि ।
हिँड्ने बेलामा प्रपोज डेको कुरा किन गरी जस्तो लाग्यो ।
“आज पनि प्रपोज गनु पर्यो कि क्या हो ?” मैले हाँस्दै भने ।
“हैन , हैन । बरु म चै यौटा कुरा प्रपोज गर्ने भएँ तपाईँ सँग । ” उसले आँखामा आँखा जुधाउँदै भनि ।
“के कुरा । भनन । ” मैले भने ।
उ मौन भई ।

केहि पनि बोलीन ।

अचानक उस्का आँखा बग्न थालेका थिए ।

म अचम्ममा परेँ । केही बोल्नै सकिन ।

Picture Source : Google ]

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com