विचारको डल्लो

बाहिर टन्टलापुर घाम लागेको छ । न त जाडो न त गर्मी । मौसम ठिक्कको छ । कुनै क्याफेको भित्र चिया पिउँदै सोचमग्न छ यो दिमाग ।

विचारको डल्लो हो कि जस्तो पनि भईरहेको छ । विचारहरु समुन्द्रमा छाल आएझैँ आउँदै जाँदै गरिरहेका छन् ।

म विचारमा मात्र केन्द्रीत भएर देखिरहेको छु ।

कैले कस्तो तनाव दिने विचार भने कैले कस्तो खुसी दिने विचारहरु ।

लाग्दैछ जीवन अथवा यो मान्छे भन्ने कुरा विचारको यौटा पहाड त हैन ? आँफै भित्र पसेर लेख्न खोजीरहेको छु । केहि पनि भेट्नै सकिरहेको छैन । किन विचारहरु यतिका विधि पैदाभईरहेको छ ?
खाली दिमाग शैतानको घर भन्छन् मान्छेहरु, तर खालि दिमाग पाउनु भनेको अहोभाग्यको कुरा जस्तो लाग्दैछ ।
म आँफै भित्र पसेर आफैँलाई खोतल्ने प्रयाश गर्दैछु । अहँ गाह्रो छ, आफैँलाई आफैँले खोतल्न ।

विचार किन आउँछन् ?

के मान्छेको दिमागमा विचारको रुख छ ?

कि विचार गर्नेमात्रै मान्छेको काम हो ? निर्विचार वस्न सकिँदैन ?

सके पनि किन निर्विचार हुनु? के प्रयोजन निर्विचार हुनुको ?

हट् । के के सोचेको होला मैले ?

के म मानशिक विमारी भएँ ?

यतिधेरै विचार गरिरहेको छु ।

धत् । होईन । सबै ठिकै छ ।
कि म परिपक्वतामा नपुगेको हो ?

बरु त्यो चैँ होला की । अलि अपरिपक्व भएर पो हो की ।
त्यो पनि हैन होला । सानामा हजुरबाले बाटोमा हिड्दा पनि बोलीरहेको देखेकै हो मैले, के हजुरबालाई पनि विचारले गर्दा बाटोमा एक्लै एक्लै बोल्ने बानी परेको हो ? सायद होला कि ।
म किन लेखीरहेको छु ?

अहँ थाहा छैन ।

के लेख्न बन्द गरौँ त ?

होईन गर्दिन ।

किन लेख्ने त ?

अकारण ।

कुनै कारण छैन । विचारको श्रङ्खलालाई शब्दमा उतार्न ।
के फाईदा ?

जे सुकै होस् । फाईदा र घाटा मलाई बाल ।
के म ऋषी बन्न खोज्दैछु ? धत् के को ऋषी बन्नु नी ।

बिहे गरेकै छैन । त्यो जीन्दगी पनि त भोग्नु पर्यो नी? हैन र ?
किन गर्नु त बिहे सिहे ? लफडामात्र । ह्या । के म हारँे त ?
छैन । कसरी हारेँ र ?
अनि के मैले जीतेँ ?
त्यो पनि छैन ।
अनि के त ?
जे पायो त्यै ।
के म सफल भएँ त ?
अहँ कसरी सफल हुनु नी । छैन । अझै कति काम गर्न बाँकि छ ।
अनि के त ? म पूर्ण रुपमा असफल भएँ ?
त्यो पनि हैन । कसरी असफल भएँ ? काम गरिरहेको छु ।
अनि के त म सफल भएँ त ?
त्यो पनि हैन । कसरी सफल भएँ र ?
कुनै कारण पनि छैन नी ।
कि सफल हुनलाई बुढो हुनुपर्छ कि क्या हो ?
सानै उमेर मा चैँ सफल हुन सकिँदैन ?
खै थाहा छैन ।
अनि के त ?

खोई बुझ्नै नसकेको कुरा त्यै त हो नी ।
अनि म के खोज्दै छु त ?
शान्ती । कि खुसी? कि प्रेम ?
खै के खै के ।
म मात्रै कि सबै मान्छेको हालत उस्तै हो ?
सबैको होला ।
किन नी ?
नत्र भए हज्जारौँ मान्छेहरु खुसी, शान्ती आनन्द खोज्ने बहानामा दुनियाँ गुरुको पछि किन दौडन्छन् त ?
किन मान्छे पैसाको पछाडी हत्ते हाल्छ त ?
के पाउनु छ ?
खै थाहा छैन ।

नपाएको चैँ के छ  मैले ?

खै ।
किन चाहियो  पैसा?
खै किन किन थाहा छैन ।
तेसो भा ठिकै छ ।
ठिक त पक्कै छैन ।
कसरी ?
ठीक भएको भए यी शब्द कसरी निस्कन्छन् ?
अनि के बेठीक चैँ के छ ?
हैन । सबै कुरा ठीक छ ।
कि मेरो सोच संकिर्ण भएको हो ?
खै । थाहा छैन । कतिलाई संकृर्ण भन्ने । कतिलाई व्यापक भन्ने ।
अनि मेरो खोज के त त्यसो भए ?
के म खोजीराखेको छु र ?
हो खोज्दै छु ।
के ?
खै । शब्दमा उतार्न नसकिने कुरा ?
खै । होला की । के त्यो प्रेम होला ?
हैन, अल्रेडी छ त्यो त । अनि के त ?
भाव हो ?
प्रेम पनि त भाव नै त हो नी ।
अनि के खोजेको त ?
जीवनको अर्थ । अहँ हैन । त्यो पनि ।
अनि के त ?
विचारहरुबाट मुक्ती ।
किन मुक्त हुनुपर्यो र ?
यहि विचारले गर्दा लेख्न पाईराखीएको छ ।
तनाव हुन्छ नि कहिले काही । त्यैँ भएर मुक्ती विचारहरुबाट ।
अनि खुसी पनि त हुन्छ नि त्यही विचारले गर्दा । त्यो किन मुक्त हुनुपर्यो र ?
अनि के त ?
किबोर्डमा हात ठटाएर मात्रै हुन्छ ?
हुँदैन ।
अनि के त अरु ?
ब्लगमा पोष्ट गर्नलाई लेखेको हो मैले ?
हैन । यस्तो जे पायो त्यहि पोष्ट कस्ले पढ्छ र पोष्ट गर्नु ।
के म थोडी न साहित्यकार हुँ र ? जाबो ह्रस्व दिर्घ त राम्ररी आउँदैन ।
अनि के त म मुर्ख हुँ ?
कसरी भएँ मुर्ख ?
यस्तो जे पायो त्यहि लेख्ने मुर्ख नभएर के हुन्छ त ?
यो त विचार पो हो त ?
अरुका पनि त आउँछन् नि यस्तै विचारहरु ।
कसरी था  भो अरुका आउँदछन् भनेर ?
यस्तै अरुको ब्लग पढेर । कुरा सुनेर ।
त्यसो भए के म विद्वान् भएँ ?
धत् आफैँ ले आफ्ने खिल्ली उडाउने कुरा । म कसरी विद्वान् भएँ र ? मैले के जानेको छु र म विद्वान् भएँ?
सबै कुरा कन्फुजनमै छन् । जानेको हो कि नजानेको हो ।
अनि के त ?
विद्वता तिर हिँडीरहेको छु कि ?
धत् त्यो पनि हैन । म र विद्वता कसरी मिल्छ । अहंकार छ, घमण्ड पनि छ, रिस पनि छ । अनि कसरी विद्वता तिर गएँ र ?
त्यसो भए के मूखै भएँ ?
खै । कसलाई मुर्ख भन्ने ?
जसले आफैले गर्दा आफैँले दुःख पाउँछ उसलाई ।
खै मैले त त्यस्तो आफैँले गर्दा आफैँलाई केहि दुख पाएजस्तो अनुभव छैन ।
अनि के त ?
खै अज्ञात ।
के जान्न खोजेको हो मैले ?
थाहै छैन ।
जानेको पो के छ र ?
अनि के त ?
कसैले नजानेको कुरा जान्न खोजेको हो ?
हैन । कसैले नजानेको म कसरी जान्दछु?
अनि के खोजेको त ?
जान्नु हरु सकिनुको अवस्था ?
सायद हो की ।  तर किन सकिनु परो र जान्नुहरु सबै ।
कतिबेला सकीन्छ जान्नुहरु सबै ?
खै कतिबेला कतिबेला ।
मरेपछि हो की ?
अनि के त म मर्न खोजेको हो ?
धत् । हैन ।
अनि के ?
यौटा कुरा पक्का भो मैले खोजेको कुरा लेख्न सकिँदैन । बोल्न सकिँदैन ।
त्यहि भएर त होला मैले लेख्न नसकेको ।
त्यो चैँ पक्का हो त ?
गणीत हो र म पक्का भनौँ? हिसाब गर्या हो थोडी ।
हैन । त्यो त । अनि के प्रश्न गरीरा र ? थबक्क आफ्नो काम गर्न छाडेर ।
था भो ।
के ?
विचार शब्दमा लेख्दा विचार शुन्यता हुँदो रैछ ।
अनि दिमाग काममा लगाउन सजिलो पर्ने रहेछ ।
सजीलो भो ।
के ?
काम गर्नलाई ।
अब, विचार जति सबै माईक्रोसफ्ट वर्डमै पोखीदिन्छु । अनि रेगुलर काम गर्न सजिलो हुन्छ ।
पक्का ?
यो चैँ पक्का ।
भो अब ल्याप्टप बन्द गर्छु । कसैले पढ्यो यो भने त मलाई पागल भन्छ होला ।
ह्या भन्नेलाई को रोक्न सक्छ र ?
त्यो पनि हो ।
शान्त भो ।
के ?
दिमाग ।
ओहो । मान्छेले शान्त दिमाग पो खोजेको हो की क्या हो ?
हुन सक्छ । अर्को खोजको विषय पो भो त ।
अर्को पटक विचार आउँदा लेख्नुपर्यो । अहिले बाई ।

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com